काठमाण्डौ । तलब संशोधन वार्ता विफल भएपछि आन्दोलनस्वरुप भारतका सम्पूर्ण बैंकहरु आगामी जनवरी ३१ र फेब्रुअरी १ का दिन बन्द गरिने भएको छ ।

भारतीय बैंक संघसँगको तलब संशोधन वार्ता विफल भएपछि बैंक युनियनहरुले देशव्यापरी रुपमा दुई दिन पूर्ण रुपमा बैंकहरु बन्द गर्ने घोषणा गरेका हुन् । बैंकहरु बन्द गर्दा पनि सुनुवाइ नभए मार्च ११, १२ र १३ पुनः बैंकहरु बन्द गरी कामकाज ठप्प पार्ने युनियनहरुले चेतावनी दिएका छन् । त्यसो त मार्चमा होली पर्व र अन्य छुट्टी मिलाएर सार्वजनिक बिदामात्र ८ दिन छ । युनियनहरुले थप तीन दिन बन्द गर्ने भएपछि बैंकहरुको कारोबारमा व्यापक प्रभावित हुने अर्थविद्हरु बताउँछन् ।

बैंकहरु कर्मचारीहरु तलब संशोधन नभएमा अप्रिलबाट भने अनिश्चितकालीन आमहडतालमा उत्रिने चेतावनी पनि युनियनहरुले दिएका छन् ।

यसअघि यही मामिलामा गत जनवरी ८ मा पनि बैंकका कर्मचारीहरु आन्दोलनमा थिए ।

त्यसो त १० केन्द्रीय ट्रेड युनियनहरुले नरेन्द्र मोदी सरकारको आर्थिक नीतिको विरोध गत जनवरी ८ मा भारत बन्दको आह्वान गरिएको थियो । 

भारतमा ३१ जनवरीमा आर्थिक सर्वे आउँछ र फेब्रुअरी १ मा वित्तमन्त्री निर्मला सीतारमणले संसदमा बजेट पेस गर्ने कार्यक्रम छ । – एजेन्सी