काठमाण्डौ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५,६ र ८  मा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाकोे निर्माण तीव्र गतिमा भइरहेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । 

आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइनको निर्माण गरिरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर अनुप थापाले बताए ।

आयोजनाको हेडवक्र्सतर्फ बाँध, इन्टेक,ग्राभेल,ट्रयाप,कनेक्टिङ क्यानल र डिस्यान्डर वेसीनको काम भइरहेको छ । 

हेडवक्र्समा कनेक्टीङ क्यानल र फोरवेको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

आयोजनाको पेनस्टक पाइपतर्फ २ हजार २ सय मिटर पाइप जडान भइरहेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ । पाइप फेब्रिकेसन  गर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । पावरहाउसको निर्माण कार्य गर्ने क्रममा मेसिन फाउण्डेनसको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । 

आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी सिंगटी सब स्टेसनबाट रााष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 

उक्त प्रसारण लाइनका लागि आवश्यक जग्गा खरिद गरिसकिएको छ भने सार्वजनिक जग्गा नेपाल सरकारबाट वहालमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रोजेक्ट म्यानेजर थापाले बताए ।

प्रसारण लाइनको जिम्मा पाएको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लिले १३२ केभी प्रसारण लाइनको निर्माणको लागि चेक सर्वे, टावर डिजाइन, फाउन्डेसन डिजाइन र माटोको परिक्षण समेत सम्पन्न गरि साईट मोविलाइज भइसकेका छन् । 

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

यस आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

यस तल्लो खारे खोला आयोजनामा बैंक अफ काठमाण्डौको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ«े बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैकले संयुक्त रुपमा ऋण लगानी गरेका छन् । आयोजनाको ऋण चुक्ताको अवधि १२ वर्ष रहेको छ । 

यस आयोजना संचालक समुह सिईडिबी हाइड्रो पावर डेभलभमेन्ट कम्पनिको लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना, ४ मेगावाटको खुँदी  आयोजना र १८३ किलोवाटको स्याङ जलविद्युत आयोजना संचालनमा छन् । 

यी तीनवट्टै आयोजनाहरुले लगानीकर्तालाई आर्कषक प्रतिफल प्रदान गरिरहेका छन् । 

सिईडिबी हाइड्रो पावर डेभलमेन्ट कम्पनिको नेतृत्वमा लमजुङ जिल्लामा दोर्दी १ जलविद्युत आयोजना र रुकुम जिल्लामा ५ मेगावाटको रुकुम गाँड जलविद्युत आयोजना निर्माण भइरहेको छ । तत्कालिन क्लीन एर्नर्जी डेभलमेन्ट बैंकले स्थापना गरेको सिईडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीमा हाल एनएमबी बैंकको समेत लगानी रहेको छ । 

आयोजनाको विद्युत्त खरिद वित्रिको समय अवधि ३० वर्ष रहेको आयोजना निर्माणकर्ता यूनिर्भसल पावर कम्पनी लिमिटेडले जनाएको छ । 

त्यस्तै आयोजनालाई १० वर्षसम्म पुर्ण रुपमा आयकर छुट दिइएको छ भने ५ वर्षसम्म आयाकर आधा लाग्ने बताइएको छ । 

त्यस्तै विद्युत्त उत्पादन पश्चात नेपाल सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने भएको छ । युभिर्सल पावर कम्पनिले निर्माणधिन दोर्दी १ जलविद्युत आयोजना र रुकुम गाँड जलविद्युत आयोजनामा समेत लगानी गरेको छ । उक्त आयोजनाहरुको निर्माण पश्चात थप आम्दानी प्राप्त भई लगानीकर्तालाई आर्कषक प्रतिफल दिन सकिने विश्वास  युनिर्भसल पावर कम्पनीले गरेको छ ।