काठमाण्डौ । केहीबेरअघि बाँडफाँड सम्पन्न भएको माथिल्लो तामाकोशीको साधारण सेयर एक महिनाभित्र लिस्टिङ हुने भएको छ । 

साधारण सेयर निश्कासनको क्रममा सहप्रबन्धकको काम गरेको सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । 

उनले माथिल्लो तामाकोशीको आइपीओ १ महिनाभित्र नेप्सेमा लिस्टिङ गराई कारोबारका लागि योग्य बनाइने घोषणा गरेका थिए । 

माथिल्लो तामाकोशीको आइपीओ मंगलबार दिउँसो ३ बजे बाँडफाँड गरिएको हो । यो कम्पनीको सेयर खरीदका लागि परेका ५७०० आवेदन रद्ध भएका छन् । 

 यो कम्पनीको आइपीओमा आवेदन दिने सबैले न्यूनतम ४० कित्ता सेयर पाएका छन् । १ लाख ७२ हजार ७ सय ७५ आवेदकले गोलाप्रथाबाट थप १० कित्ताको दरले सेयर पाएका छन् ।