काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

तारागाउँ रिजेन्सी होटल्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई खुद १२ प्रतिशत (५ प्रतिशत करकट्टी पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने तारागाउँ रिजेन्सी होटल्सले जनाएको छ ।