काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

तारागाउँ रिजेन्सी होटल्स सञ्चालक समितिको बैठकले होटलको २३ औँ वार्षिक साधारणसभा यही पुस २९ गते गर्ने निर्णय गरेको छ । सभामा विशेष गरी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश अनुमोदन हुनेछ ।

तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको १२.६३ प्रतिशतले हुन आउने २३ करोड ८३ लाख १४ हजार १८९.४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

लाभांश र साधारणसभा प्रयोजनका लागि होटल्सले पुस ८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

लाभांश र साधारणसभामा भाग लिन योग्य हुन पुस ७ गतेसम्म तारागाउँ रिजेन्सी होटल्सको सेयरधनी कायम भइसक्नुपर्नेछ ।