काठमाण्डौ । सन् २०१७ को जून १९ मा सफलता साथ सम्पन्न भएको आधारभूत प्रामाणिक उडान पश्चात तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले अगष्ट ८, २०१७ (२४श्रावण २०७४) बाट चेङदु ( काठमाण्डौंकाका लागि सिधा नियमित उडान थालेको छ । 

सो एअरलाईन्सको प्रारम्भिक उडान नं.TV 9899 चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भयो । फर्कने उडान TV 9900 काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १९स्२५ मा प्रस्थान गरी चेङदुको विमानस्थलमा अर्को दिन बिहान ०० :५० मा अवतरण हुनेछ । 

शुरुमा साताका चार दिन : प्रत्येक सोमबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा बिजिनेश क्लास र १२० वटा इकोनोमी क्लास गरी कुल १२८ सिट भएको एअरबस ए-३१९ विमानबाट सेवा प्रदान गर्नेछ । 

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा. लि.लाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको समेत बताइएको छ । 

चीनको तिब्बतस्थित ल्हासा, गोनगार एअरपोटमा तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीनभित्र आन्तरिक उडानहरु भर्दै आइरहेको छ ।