काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा एकैपटक रु. ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा रु ६०० ले बढेर प्रतितोला छापावा सुन रु. ७१ हजार र तेजाबी सुन रु. ७० हजार ७०० कायम भएको छ । अघिल्लो दुई दिन बुधबार बिहीबार प्रतितोला छापावाल सुन रु. ७० हजार ४०० र तेजाबी सुन रु. ७० हजार १०० थियो । बुधबार सुन तोलामा रु. २०० ले बढेको थियो । 

कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ प्रतितोला छापावाल रु. ७० हजार २०० र तेजाबी रु. ६९ हजार ९०० थियो । अघिल्लो दिन सोमबार तुलनामा मंगलबार सुनको भाउमा रु. २०० ले गिरावट आएको छ ।

सुनको भाउ आइतबार सोमबार प्रतितोला छापावाल सुन रु. ७० हजार ४०० र तेजाबी सुन रु. ७० हजार १०० थियो ।

समग्रमा यो साता सुनको भाउ प्रतितोला रु ६०० ले बढेको छ । 

यसैगरी चाँदीको भाउ शुक्रबार तोलामा १० रुपैयाँले बढेर रु. ८६० मा कारोबार भइरहेको छ । त्यसअघि आइतबारदेखि बिहीबारसम्म चाँदी प्रतितोला रु. ८५० रुपैयाँमा कारोबार भएको थियो ।