काठमाण्डौ । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका–२ र ३ मा तीनदिने बैंकिङ साक्षरता तथा आधारभूत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।

गत असोज ११, १२ र १३ गते सञ्चालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, ती क्षेत्रमा रहेका सहकारीका कर्मचारी, विद्यालयका शिक्षक र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी थिए ।

त्यसैगरी वडा नं. २ र ३ को दैवीप्रकोप जोखिम न्यूनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटिने गरी छनोट गरेका २४ जना सहभागीलाई मान्यता प्राप्त प्रशिक्षकद्वारा पाठ्यक्रममा आधारित तीनदिने आधारभूत प्राथमिक तालिम प्रदान गरिएको थियो । उक्त तालिम लिएकाहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्यसंस्थामा पठाउन सक्ने छन् ।