धनुषा । धनुषाको पुर्वि भेगमा रहेको रघुनाथपुर गाविसका बासिन्दााले कांग्रेस, माओवादी केन्द्र र एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन् ।

विगत तीन महिनादेखि स्थानीय पुनंरचनाको विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयत स्तरका नेताको घरमा सोमबार आक्रमण गरेका हुन् ।

स्थानीय तहको संख्या थप आईतबार राति स्थानीय विकास मन्त्रालयमा बसेका धनुषाको सांसदहरुको बैठकमा कांग्रेस रमाओवादी केन्द्रका सांसदहरुले रघुनाथपुर गाउँपालिकाको विरोध गरेका थिए । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।