काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । 

बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रमबीच बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्याण प्राथमिक विद्यालय र बंगलाचुली गाउँपालिकाको श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउनका निम्ति बैंकले यो कार्यक्रम संचालन गरिएको बताएको छ । 

यसबाट उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।