काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.सँग बैंकका ग्राहकले औषधी तथा उपचारमा विशेष छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंक लिमीटेडको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.को तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुसालले हस्ताक्षर गरेका थिए ।