काठमाण्डौ । एनआइसी एशियाले देशका विभिन्न तीन स्थानमा नयाँ शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

बैंकले नयाँ शाखाहरु सोलखुम्बूको सल्लेरी, कञ्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा ल्याएको हो । 

बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको समुद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको समुद्घाटन महाकाली नगरपालिकाका मेयर बीरबहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको समुद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरे।

हाल यो बैंकको देशभर २९८ शाखा, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ भने बैंकको करिब १८ लाख ग्राहक रहेका छन्।