काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा त्रिभुुवन विमानस्थल बाहेक राजधानी बाहिरका तीन ठाउँमा अन्तराष्ट्रिय बिमानस्थलका लागि समेत ठूलो बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट प्रस्तुत गर्दै पोखरा, निजगढ र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलका लागि १३ अर्ब ७२ करोड बजेट विनियोजन गरेका हुन् । 

महराका अनुसार निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्ष बोलपत्र आह्वान गर्ने, लुम्बिनी विमानस्थल ०७५ सालमा निर्माण गरिसक्ने र पोखरा विमानस्थलको निर्माण आगामी आर्थिक वर्षदेखि सुरु गर्ने स्पष्ट पारे ।