काठमाण्डौ । बितेका शताब्दीमा विश्व अर्थतन्त्रमा तेल एउटा बलियो व्यापारका रुपमा रहेको थियो। अझ भन्नुपर्दा तेल शक्तिकेन्द्रका रुपमा स्थापित थियो। तर अहिले बदलिँदो परिस्थिति, समय र आवश्यकतासँगै यो क्षेत्रको सूर्य अस्ताउन लागेको छ।

ब्रिटिस पेट्रोलियम (बीपी) का सीईओ बर्नार्ड लुनीले एक अन्तर्वार्तामा भनेका थिए कि अब तेलको व्यापार वृद्धि पूरा भइसकेको छ। अहिले हरित ऊर्जातर्फ अग्रसर भएको विश्वमा तेल उद्योगलाई आफ्नो पुरानो स्वर्णिम युुगमा जान असम्भव छ। 

तेलका ठूला खेलाडी नयाँ आश्रयस्थल खोज्दै

व्यापारको यो बदलावलाई बुझ्दै तेलका ठूला खेलाडीहरु अब नयाँ व्यापारव्यवसाय खोज्न थालेका छन्। यो परिवर्तन र यसको दबाब कति बलियो छ, त्यसको अन्दाज तपाइँले यो कुराबाट लगाउन सक्नुहुन्छ कि बीपीका सीईओ लुनी तेलको व्यापारसँग जोडिएको दोस्रो कमोडिटीको मुनाफाका बारेमा आजकाल बताइरहेका हुन्छन्। एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘ब्रिटिस पेट्रोलियमले कफी पनि बेच्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ।’

लुनीका गत वर्ष बीपीले १५ करोडको कफी बिक्री गरेको बताएका थिए। सीईओ लुनीले कम्पनीको फ्युल स्टेसनमा बिक्री गरिने पेयपदार्थ कियोस्कका बारेमा जानकरी दिँदै यस्तो बताएका थिए। 

तेलजस्ता ऊर्जाको युुग विस्तारै समाप्त हुँदै 

तेल उद्योगका ठूला अधिकारीहरुलाई आफ्नो भविष्यको व्यापार योजना बिक्री गर्न धेरै समस्याहरुको सामना गर्नुपरिरहेको छ। 

तेल इतिहासकार तथा एएचएस मार्केट कन्सल्टेन्टका उपाध्यक्ष ड्यानियल यार्गिनका अनुसार यो समय ऊर्जाका लागि संक्रमणकाल हो। तेलजस्ता ऊर्जाको समय समाप्त हुँदैछ र सौर्य ऊर्जा र अन्य हरित ऊर्जाको युुग सुरु हुन गइरहेको छ। ग्लोबल वार्मिङ र पर्यावरणजस्ता मुद्दाहरुलाई विश्वका सरकारहरुले अब नकार्न सक्दैनन्। 

जीवनशैलीले तेललाई विश्वव्यापी शक्तिकेन्द्र बनायो 

२० औँ शताब्दीमा अटो उद्योगले नयाँ रुप लिँदै सहरीकरण र आधुनिकतातर्फ अग्रसर भइरहेको जीवनशैलीबाट तेल उद्योगलाई विश्व शक्तिकेन्द्रका रुपमा स्थापित गराइदियो। तेल उद्योग एउटा बलियो राजनीतिक शक्तिका रुपमा उदायो। 

सन् १९७० मा तेल संकटपछि ओपेकको जन्म भयो। मध्यएसियामा युद्ध भयो र ८० को दशकमा यसले आन्दोलनहरु उब्जायो। 

सौर्य ऊर्जामा गरिँदैछ लगानी 

सेभरोनले जुलाई महिनामा आफ्ना लगानीकर्ताहरुलाई नयाँ फ्युल स्टेसन खरिद गर्न र सौर्य ऊर्जामा लगानी गर्न गइरहेको भनेको थियो। कम्पनीले आफूले नयाँ बाटोको खोजी गरिरहेको जनाएको थियो। 

बीपीले आफ्नो एक रिपोर्टमा अबको ३० वर्षमा विश्वमा निरन्तर तेलको खपत कम हुँदै जाने जनाएकोे थियो। बीपीले अहिले सौर्य र वायु ऊर्जामा लगानी गर्न सुरु गरेको छ। कम्पनीले सन् २०३० सम्म ५० गिगावाटको नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ। जुन अहिले २.५ गिगावाट छ। 

बीपीको अहिलेको दैनिक तेल उत्पादन २६ लाख ब्यारेल छ। कम्पनीले आफ्ना लगानीकर्तालाई यो सन् २०३० सम्म १५ लाख ब्यारेलमा झार्ने जनाएको छ। 

विज्ञहरुका अनुसार कम्पनीको यो निर्णय तेलको स्वर्णिम युुगको अन्त्य भएको छ। – एजेन्सी