आर्थिक वर्ष २०७४\०७५ को तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थामध्ये फस्ट माइक्राफाइनान्स पहिलो वित्तीय संस्था बनेको छ । दास्रो त्रैमासमा पनि सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको फस्र्टले आइतबार तेस्रो त्रैमासको विवरण सर्वाजनिक गरी पहिलो वित्तीय संस्था बनेको हो ।  

विवरण अनुसार तेस्रो त्रैमासमा फस्र्टले ७ करोड ३० लाख ७३ हजार नाफा आर्जन गरेको छ । यो गत त्रैमासिक अवधिको तुलनामा करीव ५३ प्रतिशतले बढी हो । दास्रो त्रैमासिक अवधिमा बैंकले ४ करोड ७६ लाख ९७ हजार रुपैया नाफा आर्जन गरेको थियो । गत वर्ष सोही अवधिमा फस्र्टले ५ करोड ७६ लाख ६९ हजार नाफा गरेको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा वृद्धि गरेका कारण बैंकको समग्र नाफा बढेको हो । फस्र्टले तेस्रो त्रैमासिक अवधिमा १२ करोड ३ लाख २ हजार खुद ब्याज आम्दानी गर्न सफल भएको छ । यसैगरी सोही अवधिमा संस्थाले ११ करोड ४८ लाख ३० हजार सञ्चालन मुनाफा आर्जन गरेको छ । कम्पनीको निष्क्रिय कर्जा अनुपात शून्य प्रतिशत रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५६ करोड ७७ लाख रहेको छ ।