काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ । 

आफ्ना ग्राहकहरुलाई धेरै भन्दा धेरै बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ । 

सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ । 

देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।