काठमाण्डौ। काठमाण्डौको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा श्वासनलीमा पलाएको मासु शल्यक्रिया भर्ना गरिएकी ६ वर्षीय एक बालिकामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक, नर्सलगातय ३८ जनालाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको छ। 

ती बालिकालाई अस्तपालको न्युरो वार्डमा राखिएको। शल्यक्रियाअघि सतर्कताका लागि पीसीआर परीक्षण ती बालिकामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै उनको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, वार्डमा रहेका अन्य ५ बिरामी, कुरुवा बसेका आफन्तलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।

क्वारेन्टाइनमा राखिएका सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। 

त्रिवि अस्पताल स्रोतका अनुसार ती बालिकालाई परिवारजनले कपिलवस्तुबाट उपचारका लागि ल्याएका थए।