काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निश्कासन गर्ने भएको छ । 

त्रैमासिक ब्याज भुक्तानी भएको ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो ।

रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,००० अंकित मूल्यका  २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीका लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने छ ।  र, बाँकी १५ लाख कित्ता ऋणपत्रले हुनआउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगततपÞर्m(प्राइभेट प्लेसमेन्ट)बाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निश्कासन तथा बिक्री प्रबन्धमा सिटिजन्स बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्रा एनपी एलबीबीबी प्लसको रेटिङ्ग प्रदान गरेको छ । यस्तो रेटिङ्ग प्राप्त गर्ने वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।