काठमाण्डौ । पट्यारलाग्दो भइसकेकेको मन्त्रीमण्डल बिस्तारको गाँठो फुकेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ४ दललाई समेटेर १९ नयाँ मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार नै राष्ट्रपति भवनमा सम्पन्न भयो । मन्त्रीमण्डल बिस्तारसँगै सरकारले संचारमन्त्री तथा सरकारको प्रवक्तामा मोहनबहादुर बस्नेतलाई नियुक्त गरेको छ । 

नयाँ मन्त्रीमध्ये १० जना कांग्रेसबाट, ६ जना माओवादी केन्द्रबाट, २ जना फोरम लोकतान्त्रिक र एकजना नेकपा संयुक्तबाट नियुक्त भएका छन् । 

नयाँ मन्त्रीहरुको सपथसँगै अब देउवाको मन्त्रीमण्डल २७ सदस्यी भएको छ । यसअघि देउवाले तीन उपप्रधानमन्त्रीसहित ७ मन्त्री नियुक्त गरेका थिए । 

कसलाई कुन मन्त्रालय ?
कांग्रेसको देउवा समूहबाट
१.बीरबहादुर बलायर-भौतिक पूर्वाधार
२.अम्बिका बस्नेत-सहकारी तथा गरीबी निवारण
३.महेन्द्र यादव-खानेपानी
४.मीन विश्वकर्मा-वाणिज्य

कांग्रेसको पौडेल समूहबाट मन्त्री भएकाहरु
५.रामकृष्ण यादव-कृषि
६.यज्ञबहादुर थापा-कानून
७.सञ्जय गौतम-सिंचाई
८.राजन केसी-युवा तथा खेलकूद

कांग्रेसको कृष्ण सिटौला समूहबाट
९.भीमसेनदास प्रधान-रक्षा
कांग्रेसको खूमबहादुर समूहबाट
१०.मोहनबहादुर बस्नेत-संचार

माओवादीबाट मन्त्री हुने
१.गिरिराजमणि पोखरेल-स्वास्थ्य
२.टेकबहादुर बस्नेत सामान्य प्रशासन
३. महेन्द्रबहादुर शाही-उर्जा
४.शिवकुमार मण्डल-आपूर्ति
५.आशा कोइराला-महिला बालबालिका तथा समाज कल्याण
६. सन्तकुमार चौधरी-पशुुपंक्षी 

फोरम लोकतान्त्रिकबाट मन्त्री हुने
१.जितेन्द्रनारायण देव-नागरिक उड्डयन तथा पर्यटन
२.गोपाल दहित-भूमिसुधार

नेकपा संयुक्तबाट मन्त्री हुने
१.मिथिला यादव-वातावरण मन्त्रालय