काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६२ पुगेको छ । 

सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ३१४ नयाँ संक्रमित थपिई कुल संख्या ७६२ पुगेको हो । 

सोमबार थपिएका कुल संक्रमितमध्ये २९४ पुरुष र २० जना महिला रहेका छन् । 

यस्तै, पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या समेत केही बढेको छ । यो समयमा थप २१ जनाले कोरोनामाथि जित हासिल गरेका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ ।