काठमाण्डौ । बितेको २४ घन्टामा काठमाण्डौमा तीनसहित ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।  

यसैगरी बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ पुगेको छ।