काठमाण्डौ । थाइल्यान्ड सरकारले आफ्नो देशमा घुम्न आउने विदेशी पर्यटकका लागि भिसा लगाउनु नपर्ने नीति ल्याउन लागेको हो ।

थाइल्यान्डले १६ दिने भिसामुक्ता नीति लागू गर्न लागेको हो । यो योजना लागू भएमा थाइल्यान्ड जाने पर्यटकले भिसा लगाइराख्नुपर्ने छैन । हाल यो नीति पारित गर्न थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयले क्याबिनेटमा पठाएको छ ।

थाइल्यान्डका पर्यटन तथा खेलकुदमन्त्री पिपत रचागितप्रगनका अनुसार क्याबिनेटबाट स्वीकृति हुनेबित्तिकै आउँदो नोभेम्बर १ बाट भिसामुक्त नीति लागू हुनेछ । हाललाई यो नीति थाइल्यान्ड घुम्न जाने भारतीय र चिनियाँ पर्यटकका लागि मात्र लागू हुने मन्त्री रचागितप्रगनले जानकारी दिए।

यो भिजा नीति सन् २०२० को अक्टुबरसम्म लागू हुनेछ ।

थाल्यान्डमा पर्यटन सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । थाइलान्डमा बर्सेनि ठूलो संख्यामा भारतीय र चिनियाँ पर्यटक घुम्नका लागि जाने गरेका छन् ।

उता भारतमा पनि विदेशी पर्यटकलाई आकर्षित गर्न नयाँ नीति ल्याउन लागिएको छ । सन् २०२० सम्म २ करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन मन्त्रालयले भारतका प्रमुख पर्यटकीय स्थलहरुमा विदेशी भाषामा साइन बोर्ड राख्ने, ई–भिसा आवेदनको अवधि क मगर्ने र भिसा शुल्कमा पनि कमी गर्ने योजना बनाइरहेको छ । – एजेन्सी