हाम्रो मुखबाट निस्काशन हुने र्याल वा थुक विभिन्न प्रकारका रोगहरु पत्ता लगाउन प्रयोग हुने गरेका छन् । रगतको परीक्षण अगाडि नै मानिसमा फोक्सोको क्यान्सर पहिचान गर्न र्यालको प्रयोग गरिएको युनिर्भसिटी अफ क्यालिफोर्नियाले जनाएको छ।

एक थोपा थुकबाट ट्युमरको डीएनए पहिचान हुने र यसको परिणाम १० मिनेट भन्दा थोरै समयमा थाहा हुने बताइन्छ।

यसअगाडि पनि सर्भिकल क्यान्सर लगायतका संक्रमण पत्ता लगाउन पनि थुकको परीक्षण गरिन्थ्यो । डायबिटिजिको अवस्थाको अनुगमन गर्न पनि वैज्ञानिकहरुले यसको प्रयोग गरेको पाइन्छ । पिसाब वा रगतको परीक्षणभन्दा थुकबाट डायविटिजको अवस्थाको अनुगमन गर्न सजिलो हुने वैज्ञानिकहरु बताउँछन्।

थुकमा टेस्टोटेरोन नामक हर्मन हुन्छ

महिला र पुरुषको हर्मनमा टेस्टोटेरोन, ओस्ट्रोजेन, प्रोगेस्टेरोन, कोर्टिसोन र मेलाटोनिन नाम गरेका हर्मन हुन्छन् । थुकमा क्यालिसम, ब्याक्टेरिया बिरोधी तत्व, मुखलाई संरक्षण गर्ने तत्व हुन्छ । त्यही भएर थुकको परीक्षणले डीएनएको विश्लेषण गर्छ।

‘थुक भएन भने मुखको संक्रमण, अल्सर लगायत संक्रमण हुनेखतरा हुन्छ,’ बेलातयती प्राध्यापक प्रोटेक्टर भन्छन्।

धेरै प्रकारको थुक हुन्छ

थुकको उत्पादन थुक ग्रन्थीबाट हुन्छ । तीन प्रकारको थुक ग्रन्थी हुन्छ । गालामा पारोटिड, चिउडोमा सबम्याडिबुलर र जिबो मुनि सबलिग्वल गरी तीन प्रकारको थुक ग्रन्थी हुन्छ । यी ग्रन्थीहरुले एउटा नलीमार्फत मुखमा थुक वा ह्याल पठाउँछन्।

‘प्यारोटिड ग्रन्थीले पानी जस्तो थुक पठाउँछ जसले खानालाई चबाउँदा चिसो  बनाउन सहयोग गछ,’ प्राध्यापक प्रोटेक्टर भन्छन्।

जिब्रो मुनिसको थुक धेरै चिप्लो हुन्छ । यो विशेष संरक्षित पत्र भएकोले तपाईले केही नखाँदा पनि मुखको भित्री भागलाई सुरक्षित गर्छ।

हामीले राती कम खानेकुरा खाने भएकोले यो समयमा थोरै थुक उत्पन्न हुन्छ । तसर्थ थुकको प्रवाह बढाउन चबाउने काम हुँदैन । त्यही भएर रातको समयमा ब्युँझिदा पानी खानु पर्छ।

जब हामीले खाना देख्छौं वा यसको गन्ध थाहा पाउँछौ दिमागले बढी थुक निकाल्न थुक ग्रन्थीलाई संकेत गर्छ । ‘जब खानेकुरा चबाउँछौ तब धेरै र्यााल उत्पादन हुन्छ,’ प्रा. प्रोटेक्टर भन्छन् ।
 
यो भएन भने दाँत कुहिन्छ

थुक वा र्यालले दाँत कुहिनबाट बचाउछ । ‘थुकमा प्र्रतिरोधी क्षमता र अम्लियपनलाई तटस्थ बनाउने शक्ति हुन्छ,’ लन्डनस्थित दन्तचिकित्सक डा मेरभन ड्रुेयन भन्छन् । त्यस्तै थुकमा सम्भावित व्याक्टेरियाबिरोधी तत्व हुन्छ । निरन्तर थुक आउँदा त्यसले रोग उत्पन्न गर्ने व्याक्टेरिया पखालेर फालिदिन्छ । थुकमा क्यालिसम भएकोले दाँतलाई बलियो बनाउछ।
 
मुख सुख्खा भए बिरामी

औषत मानिसले दैनिक १ देखि २ लिटर थुक उत्पादन गर्छ । जति तपाईंले पिसाब फेर्नुहुन्छ । थुक नहुने भनेको स्वास्थको समस्या हो । थुकको अभावमा थुक ग्रन्थीलाई हानी गर्छ।

‘यसको अभावमा जीवनको गुणस्तर नै विग्रन्छ,’ प्राध्यापक प्रोटेक्टर भन्छन् । केमोथेरापी गरेका मानिसहरुले थोरै मात्रामा वा कत्ति पनि थुक उत्पादन गर्दैनन्।

‘टाउकोको उपचार र घाँटीको क्यान्सरले थुक ग्रन्थीलाई हानी गर्छ,’ लन्डनको किङ कलेजका गुए कार्पेन्टर भन्छन् । कहिलेकाहिँ थुक ग्रन्थी निको भए पनि बिरामी स्थायी रुपमा प्रभावित हुन्छ।

-Agency