काठमाण्डौ । दक्षिण कोरियामा कोरोना संक्रमणका नयाँ केसहरु देखिएपछि सरकारले त्यहाँका २५१ वटा स्कुुलहरु बन्द गरेको छ।

संक्रमणका घटनाहरुमा कमी आएपछि केही दिन पहिलेमात्रै दक्षिण कोरिया सरकारले स्कुुलहरु खोल्ने निर्णय गरेको थियो। पछिल्लो आँकडाअनुुसार बितेको २४ घण्टामा  त्यहाँ कोरोनाका संक्रमणका ५६ नयाँ केसहरु देखिएका छन्। हिजो पनि ७९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए। जुुन बितेको दुुई महिनामा देखिएको सबैभन्दा धेरै संख्या हो। 

यीमध्ये सबैभन्दा धेरै पश्चिम कोरियाको बुुचनमा रहेको एक वितरण केन्द्रमा पाइएको थियो। बुुचन बढी जनघनत्व भएको क्षेत्र भएका कारण अधिकारीहरुले त्यहाँ कोरोना संक्रमण तीव्रगतिमा फैलने चिन्ता प्रकट गरेका छन्। 

बुुचनमा देशको सबैभन्दा ठूलो ई–कर्मस कम्पनी कुुपाङको कार्यस्थल रहेको छ। सरकारी अधिकारीहरुले यो कम्पनीमा कोरोनाको रोकथामका लागि पर्याप्त सतर्कता नअपनाइएको बताएका छन् । स्वास्थ्य अधिकारीहरुले त्यहाँ काम गर्ने कामदारहरुको जुुत्ता र कपडामा कोरोनाभाइरसको केही संकेतहरु देखिएको बताएका छन्।  

यो सेन्टरमा काम गर्ने कर्मचारीहरुको सम्पर्कमा आएका देशका सबै जनाको पहिचान र जाँच गरिने भएको छ। 

संक्रमणको त्रासका कारण बुुचन क्षेत्रका २५१ स्कुलहरु बन्द गर्नुुपरेको त्यहाका अधिकारीहरुले जानकारी दिएका छन्। 

दक्षिण कोरियामा कोरोना संक्रमणका घटनाहरु फेरि देखिन थालेपछि सरकारले अझै दुुई सातासम्म सामाजिक दूरीको नियमलाई पुनः कडाइका साथ लागुु गर्ने भएको छ। दक्षिण कोरियामा कोरोनाको नियन्त्रण र रोकथामका लागि अहिलेसम्म लकडाउनको सहारा लिइएको छैन। यसको साटो त्यहाँ परीक्षण र पहिचानलाई तीव्रता दिइएको छ। – एजेन्सी