काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण महामारीको रुपमा फैलिएपछि विश्वजगत त्रसित छ । कोरोना संक्रमण फैलिएको देशको सूचिमा दक्षिण कारिया पनि छ, जहाँ ठूलो संख्यामा नेपालीहरु रहेका छन् । उनीहरुको अवस्था के होला ? त्यहाँ रहेका एक नेपालीले त्यहाँको वस्तुस्थितिको विषयमा बेलिबिस्तार लगाएका छन् । 

पोखरा काउँखोला स्थायी घर भई हाल दक्षिण कोरियाको इन्छन सहरमा बसोबास गरेका गर्दै आएका पदमराज पौडेल नेपालको सेयर बजारमा पनि सक्रिय पात्र हुन् ।  इन्छन सहर दक्षिण कोरियाका राजधानी सोलबाट नजिकै रहेको छ । सोलबाट इन्छन केबल २० मिनेटमा पुुग्न सकिन्छ । उनी उत्पादनशील कम्पनीमा कार्यरत छन् । 

पौडेलका अनुुसार त्यहाँ लकडाउन छैन । सुुरुमा उनीहरु पनि त्रसित रहेछन् । थेगुुु प्रान्तको एउटा चर्चमा सबैभन्दा सुुरुमा देखिएपछि त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको रहेछ । 'अनि त्यसपछि सिटी लक गरियो । उक्त चर्चमा भेला भएका मानिसहरुबाट कोरोना भाइरस अन्य क्षेत्रमा सर्न सक्ने भएकाले मिडियाले कोरोनाभाइरसबारे सतर्कता र सजग तुुल्याउन राम्रो भूूमिका खेले ।'-उनले भने ।

त्यहाँ हस्पिटल जाँदा समेत सुुरुमा सम्पूर्ण विवरण सोधिने रहेछ । ३ ४ वटा स्टेप पार गरेपछि कोरोना भाइरस नभएको यकिन गरेपछि हस्पिटलले भर्ना लिन्छ र कोरोना संक्रमणको आशंका लागेमा तुुरुन्तै एम्बुुलेन्समार्फत कोरोना उपचार गर्ने हस्पिटलसम्म पुर्याइने व्यवस्था रहेको उनले सुनाए । 

नेपालमा भने लकडाउन गरिएको छ र मानिसहरु आ-आफ्नै घरभित्र खुुम्चिएर निस्किन पाएका छैनन्, तर त्यहाँका मानिसहरुलाई कुुनै मतलब नै नभएको पौडेलले ठोकुुवा गरे । स्थानीयहरु आआफ्ना काम नियमित तवरले गरिरहेका र सरकारले समेत काम गर्नुु र घर आउनु भनेकाले निष्फिक्री काम भइरहेको र जनजीवन सामान्य रहेको उनले सुनाए । 

लकडाउन नै गरेर कम्पनीहरु बन्द नभएका जानकारी दिंदै पौडेलकाअनुुसार भीडभाड भएपनि मानिसहरुले सतर्कता र सजगताका अभ्यासहरु जस्तै अनिवार्य मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुुनपानीले हात धुुने लगायतका पूूर्व सावधानीहरु अपनाइरहेको उनी सुुनाउँछन् ।

कम्पनीहरुमा काम गर्न जाँदा अधिकांश कम्पनीहरुले थर्मल गनले ज्वरो नाप्ने र ज्वरो आएको भेटिए दुुई हप्ता घरमा बस्न दिइने गरेको पौडेल बताउँछन् । १४ दिनसम्म घरमा नै बस्ने  र त्यसपछि निको नभएमा हस्पिटल जानुुपर्ने उनले सुुनाए ।

पौडेलका अनुुसार हाल कोरियामा ६० हजारभन्दा बढी नेपालीहरु कार्यरत छन् र अवैधानिक रुपमा १० हजार नेपाली छन् । 

कोरोना भाइरसको संक्रमण अहिलेसम्म कुुनै पनि नेपालीलाई नभएको उनले दाबी गरे । यदि कसैलाई कोरोना लागिहाले पनि सरकारले परिचयसहित ठाउँको पनि पहिचान सहित मोबाइलमा म्यासेज पठाउने गरेको उनले बताए । 'यहाँको सरकारले अलर्ट गरेर सर्वसाधारणलाई  सजग बनाउँछ, तर नेपालमा भने परिचय नै लुुकाइन्छ'-उनले गुुनासो पोखे । 

त्यहाँको सरकारले एननाइन्टी फाइभ मास्क १ व्यक्तिलाई हप्तामा २ वटामात्र खरिद दिने चलन भएको पौडेल बताउँछन् ।

'आइडी कार्ड देखाएपछि मेडिकल हलले स्क्यान गर्ने र यकिन गरेर मात्र हप्तामा दुुईवटासम्म मास्क दिइन्छ' उनले भने-'पेपरमास्क र कपडाको मास्क भने जति पनि किन्न सकिने उनी सुुनाउँछन् ।' 

दुुई वटा मास्कको ३ हजार कोरियन वन (३०० रुपैयाँ) पाइँदो रहेछ ।

त्यहाँ रहेका नेपालीहरुको मनस्थिति सामान्य रहेको पौडेलले बिजशालालाई जानकारी दिए । 'यहाँ सरकार निकै राम्रो र राम्रो हस्पिटल भएकाले हामी सबै निर्धक्क छौं ।'-उनले भने ।