काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले झापाको दमकमा मंगलबार नयाँ शाखा बिस्तार गरेको छ । 

एक समारोहका बीच नेपाल राष्ट्रबैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा दमक नगरपालिका वडा नं ६ का अध्यक्ष टेकबहादुर थापाले सो शाखाको उद्घाटन गरे ।

यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ । 

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १२ अर्ब ४३ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्ब ५९ करोड पुग्नेछ ।