काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ५८ औं  शाखा दमकको फर्निचरलाइनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।

सो शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, दमक नगरपालिकाका वडा अध्यक्षहरु ल्गायत सो क्षेत्रका उद्योगी व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाललाई समृद्धितर्पm लैजान सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गरी आवश्यक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकले आफ्नो नियमक निकायको जिम्मेवारीलाई बहन गर्र्दै हरेक स्थानीय तहमा बित्तिय पहुँच पुर्याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको स्मरण गराए ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।