काठमाण्डौ । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । 
संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । 

विभिन्न पेशा र व्यवसायमा आबद्ध केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इण्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए । 

राजधानीको मुख्य केन्द्र दरबार मार्गमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको किंङस् लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं ।’ लाउञ्जका सञ्चालक भट्टराईले भने ।

रेष्टुरेन्ट विहान एघार बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन गरिने बताइएको छ । जसका लागि टेरेस रुम, भिआइपि रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक–फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका अर्का सञ्चालक रामचन्द्र श्रेष्ठले बताए । 

‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन,प्रान्को फ्राइड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक–फरक स्वादका खानाका मेनुहरु छन् । दरबारमार्गमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले भने । 

अहिले रेष्टुरेन्ट संचालनमा आएपनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमूना स्वरुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।