काठमाण्डौ । एपमा शपिंग गर्न अझै रमाईलो बनाउने उद्देश्य लिएर, नेपालको बृहत अन्लाइन शपिङ साइट, दराजले एप्पिशपिंगको साथ २०२० को पहिलो शपिंग अभियान घोषणा गरेको छ ।

फेब्रुअरी २५ देखि मार्च ०२ सम्महुने यस १हप्ता लामो अभियानले ग्राहकहरुलाई अनेक मनोरञ्जनात्मक सुविधाहरूकोे माध्यमबाट रमाइलो र अन्तरकृयात्मक एप अनुभव पुर्याउने कुरामा केन्द्रित छ । दराजको अन्तरकृयात्मक गेम जोनले एप प्रयोगकर्ताहरूलाई रोमाञ्चक खेलहरू खेल्न र अद्भुत उपहार जित्ने अवसर प्रदान पनि गर्दछ । यसबाहेक, वन रुपी गेम, मिशन गेम, र शेक शेकजस्ता आकर्षणहरू पनि छन् । प्रयोगकर्ताहरूले दराजको शेकशेक गेममार्फत थप छुट प्राप्त गर्न पनि सक्दछन् । यसबाहेक,कपडा, क्यामेरा, फोन, इलेक्ट्रोनिक्स, सौन्दर्य उत्पादनहरू, र अन्य उत्पादनहरूमा भारी छुट प्रदान गर्दै क्रेजी फ्ल्यास सेल्स विशेष समयमा आयोजित हुनेछ ।

यो एप अभियानमार्पmत दराजले मेगा डिलहरू प्रदान गर्नेछ जस अन्तर्गत धेरै उत्पादनहरूमा ६०% सम्मको छुट हुनेछ । यसबाहेक, प्रयोगकर्ताहरूले क्रेजी भाउचरहरूको प्रयोग गरी सामानहरूका मूल्यहरूमा अझै धेरै छुट लिनसक्छन् । साथै, यस अभियानमा दराजले निःशूल्क वितरण, उपहारहरु, बन्डल अफरहरू, र अधिक धेरै आकर्षणहरु प्रस्तुत गर्नेछ। यीबाहेक, ग्राहकहरूले दराजको बैंकिंग साझेदारहरूको डेबिट र क्रेडिट कार्डहरू प्रयोग गरी पूर्व भुक्तानी गरेमा थप छुटको मज्जा लिन सक्छन् ।दराजको बैंकिंग साझेदारहरू नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, र एनआईसी एशिया बैंक हुन् । प्रत्येक बैंकले हप्ता भरि विशेष दिनहरूमा छुट प्रदान गर्दैछ ।

ठूलो उत्साहका साथ दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंगले भने, “हामीले २०२० भरि आयोजना गर्न चाहेको थुप्रै अभियानहरू मध्ये यो पहिलो अभियान हो । यस अभियानको माध्यमबाट हामी हाम्रा ग्राहकहरूको एप अनुभवलाई बढी अन्तरक्रियात्मक र रमाइलो बनाउन चाहान्छौं।