काठमाण्डौ । अग्रणी अनलाइन बजार ‘दराज’ र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक ‘ईसेवा’ ले केवल १ रुपैयाँमा नयाँ ‘आईफोन एसई’ जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ अफर लिएर आएका छन्।

यो फरमा भाग लिनका लागि ग्राहकले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमै ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ। यो अफर साउन ७ देखि १२ (जुलाई २२–२७) सम्म उपलब्ध हुनेछ। 

विजेताको घोषणा साउन १६ (जुलाई ३१) मा दराज एप र दराज नेपालको फेसबुक पेजमार्फत गरिनेछ। विजेता घोषित भएपछि सबै सहभागीले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनुहुनेछन्। 

यसका साथै ग्राहकले साउन १२ देखि १९ (जुलाई २७–अगस्ट ३) सम्म चल्ने दराज महाबचात बजार अभियानअन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेवमार्फत पैसा तिर्दा २० प्रतिशत (१००० रुपैयाँसम्म) को छुट पाउनेछन्। ग्राहकले दराज महाबचात बजारमा फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन्।

‘गत महिना दराजमा ईसेवा उपलब्ध गराउनु एक निर्णायक क्षण थियो। यस सहकार्यमार्फत ग्राहकका लागि भनी यस्ता अन्य अवसर पनि उपलब्ध गर्ने मौका हामीले पाएका छौँ, जसले अनलाइन किनमेललाई एक रोचक विकल्पको रुपमा विकास गर्नेछ’, दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।  वान रुपी गेमअन्तर्गत ग्राहकले अरू धेरै पुरस्कार पनि जित्न सक्दछन्। जस्तै– सोनी एक्सन क्याम, होमग्लोरी भ्याकुम क्लिनर र सीजी एयर कुलर।

यस अभियान र दराजमा ईसेवामार्फत पैसा कसरी तिर्ने भन्नेबारे थप जान्न दराज वा ईसेवा एपमा गएर हेर्न सकिनेछ।