काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । 

भदौ २७  गते मंगलबार बसेको कम्पनीको ८४ औं बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष लक्ष्मी लघुवित्तले १०.५३ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । 

लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १० करोड ७१ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी २२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी २४ करोड २ लाखको उचाईमा पुुग्नेछ ।