काठमाण्डौ । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न मिल्ने व्यवस्था गरेको छ । 

नेपाल राष्ट्रबैंकले असोज २१ गतेदेखि ती बैंकका शाखाबाट दशैंका लागि नयाँ नोट लिन सर्वसाधारणलाई आह्वान गरेको छ । 

नयाँ नोट असोज २९ गतेसम्म वितरण हुनेछ । विगतमा झै राष्ट्रबैंकले सर्वसाधारणलाई यो पटक पनि ५, १०, २०, ५० र १०० दरको पाकेट गरी प्रति व्यक्ति अधिकतम २७ हजार दरले सटही सुविधा उपलब्ध गराउने बताइएको छ । 

नेपाल राष्ट्रबैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरु, राष्ट्रबैंकको नोटकोष रहेका वाणिज्य बैंकका शाखाहरु, नेपाल बैंक लिमीटेड, राष्ट्रिय वाणिज्य बैंक लिमीटेड र कृषि विकास बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ । 

केन्द्रीय बैंकले निजी क्षेत्रका बैंकहरुलाई समेत थोरै मात्रामा नयाँ नोट उपलब्ध गराएको छ । तर, उनीहरुले पनि आफ्ना सीमित ग्र्राहहकलाई मात्र यो सुविधा उपलब्ध गराउन पाउनेछन् । 

दशैंको अवसरमा राष्ट्रबैंकले विजिनेश प्रयोजनका लागि रु. ५०० र १००० दरका नोट समेत सटही गरिदिने गर्छ । साना नोट र ठूला नोट गरी करिब ५३ अर्ब रुपैयाँ बराबरको नोट यो वर्ष सटही हुने केन्द्रीय बैंकको अनुमान छ । 

दशैंमा नयाँ नोट लिन चाहनेलाई उपलब्ध गराउने उद्देश्यले तीनवटा सरकारी बैंकका निम्न २१ शाखाबाट नयाँ नोट पाइने व्यवस्था गरिएको छ: