काठमाण्डौ । भोलि(भदौ २७)देखि यातायात व्यवसायीहरुले दशैंका लागि टिकटको अग्रिम बुकिङ खुलाउँदैछन् । 

सरकारसँग लामो समय बार्गेनिङ गरेपछि यातायात व्यवसायीले भनेअनुसार छतमा सामान राख्न र मूडामा समेत यात्रुु राख्न सहमति दिएपछि व्यवसायीले अग्रिब बुकिंग खुलाउने सहमति जनाएका हुन् ।

सरकारले यसअघि भदौ २२ गतेदेखि नै दशैं टिकटको अग्रिम बुकिङ खुलाउने घोषणा गरे पनि यातायात व्यवसायीको अवरोधका कारण त्यो प्रक्रिया सुरु हुन सकेको थिएन । यातायात व्यवसायीले मन्त्रालयले नै सार्वजनिक गरेको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया सुरु नभएसम्म बुकिङ नखुलाउने अडान लिंदै सरकारलाई टेरेका थिएनन् । 

सरकारले अटेर व्यवसायीलाई कानूनी दायरामा ल्याउनुको साटो वार्ता गरेर उनीहरुले राखेका सबै खालका मागका अगाडि घूँडा टेक्ने संकेत दिएपछि शनिवार यातायातमन्त्री बीरबहादुर बलायरको संयोजनमा भएको वार्ताको क्रममा भदौै २७ देखि बुकिङ खुलाउन व्यवसायी तयार भएका थिए । 

व्यवसायीको माग अनुसार सरकारले वैज्ञानिक भाडादरको समायोजन प्रक्रिया अगाडि बढाए पनि योपटकको दशैंमा भने २०७२ माघदेखि लागूू भाडादर नै कार्यान्वयन हुनेछ । यसकारण यातायात व्यवस्था विभागले जारी गरेको लामो तथा छोटो दूरीको भाडादर अनुसार यात्रुहरुले पैसा तिर्नुपर्ने विभागका अधिकारीहरुले प्रष्ट्याएका छन् । 

पर्वको अवसरमा यो वा त्यो नाममा यातायात व्यवसायीले ठगी गर्न सक्ने भएकोले गाडीको टिकट खरीदअघि विभागले जारी गरेको भाडाको यो सूचि हेर्न नभुल्नुुहोला ।

यस्तो छ भाडादर :