चद्रागिरी ।  चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायतका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा सञ्चालनमा आउने भएको छ ।
 
दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ ।
 
चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाका दिनमा समेत साविक बमोजिम नै संचालनमा आउने विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
बडादशैंको दिनमा बिहान १० बजदेखि साँझ ५ बजेसम्म खुल्लै रहने बताइएको छ। 
 
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।