काठमाण्डौ । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । 

यो स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ (छ) जना भाग्यशाली विजेताले रू. दश (१०) बाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउनेछन् । यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म गरी जम्मा १८ (अठार) दिन कायम हुने कम्पनीले जनाएको छ ।

झन्डै पन्ध्र (१५) हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी  हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आइएमई डिजिटलले “आइएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  ।