काठमाण्डौ । अर्थमन्त्रालयको परिपत्रका आधारमा नेपाल राष्ट्रबैंकले दशैं विदाको समयमा पनि बैंक खोल्न दिएको निर्देशनलाई वाणिज्य बैंकहरुले कार्यान्वयनमा ल्याउने भएका छन् । देशका एकदर्जन बढी वाणिज्य बैंकहरुले दशैंविदाको समयमा समेत खुल्ने बैंकका शाखा तथा काउण्टर, खुल्ने समय सार्वजनिक गरेका हुन् । भोलि(फूलपाती)देखि दशैंविदा सुरु हुँदैछ ।  

राजश्व प्रयोजनको चेक क्लियरिङका लागि बैंक खोल्न राष्ट्रबैंकले निर्देशन दिए पनि यो अवधिमा सर्वसाधारणले समेत कारोबारको अवसर पाउनेछन् । 

कतिपय वाणिज्य बैंकले विदामा खुल्ने बैंकको सूचि सार्वजनिक गर्ने क्रममा टिकाको दिन समेत सेवा दिने जनाएका छन् । यसकारण, दशैं विदामा बैकिङ सेवाबाट सर्वसाधारण यसपटक बञ्चित हुने छैनन् । 

एनआइसी एशिया

माछापुच्छे बैंक

एनबी बैंक

नबील बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक


कृषि विकास बैंक


लक्ष्मी बैंक


कुमारी बैंक


एनएमबी बैंक


स्ट्याण्डर्ड चार्टर्ड बैंक


सेञ्चुरी कमर्सियल बैंक


ग्लोबल आइएमई बैंक


जनता बैंक नेपाल


सिटिजन्स इन्टरनेशनल बैंक


हिमालयन बैंक

सानिमा बैंक

सनराइज बैंक


सिद्धार्थ बैंक

एनसीसी बैंक

मेगा बैंक