काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सपोर्ट माइक्रो फाइनान्स बित्तीय संस्थालाई १ करोड ८० लाख मूल्य बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनुमति प्रदान गरेको छ । 

योसँगै अब निकट भविष्यमै सपोर्ट माइक्रो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यका १ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारण र आफ्ना कर्मचारीका लागि निश्कासन गर्नेछ । 

एनएमबी क्यापिटल लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धकले भदौमा सपोर्ट माइक्रो फाइनान्सको आइपीओ निश्कासन हुने प्रष्ट्याएको छ । 

आइपीओपछि यो माइक्रो फाइनान्सको चुक्तापूँजी ६ करोड रुपैयाँ पुुग्नेछ भने संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७०ः३० प्रतिशतमा रुपान्तरण हुनेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष ०७३/७४ मा ४८ लाख बढी खूद नाफा आर्जन गरेको छ ।