काठमाण्डौ । मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहारको योजना ल्याएको छ । 

भदौ २२ गतेदेखि गरिन लागेको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले साथ दिएका छन् । यो महोत्सवमा सबै मोबाइल कम्पनीको साथ पाएको जानकारी दिँदै ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले ताम्राकार मोबाइल बजारले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए । 

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मोबाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले ताम्राकार मोबाइल बजारमा हरेक बर्ष दशैं र तिहारमा आयोजना हुने मोबाइल महोत्सब सफल रहने बिश्वास ब्यक्त गरे । 

यसैगरी, मुख्य प्रायोजक मोटोरोला र लेनेभोका  निर्यातक कम्पनी लाइफ कमका प्रबन्ध निर्देशक तथा मोबाइल इम्पोर्टर एशोसिएशनका महासचिब अमित अग्रवालले  ताम्राकारमा हुने मोबाइल मेलामा लेनेभो र मोटोरोलालाई  मुख्य पार्टनरको रुपमा अनुबन्ध गरेकोमा आयोजकलाई धन्यबाद दिए । 

मेला अवधिभर सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी, लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने आयोजकको भनाई छ । 

नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्टफोन बितरण गरिनेछ । यसैगरी, दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा  पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इञ्चको टिभी लक्की ड्रमार्फत नै बितरण गरिने छ । 

मोबाइलका पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार हुने गरेको छ ।

मोबाइल मेला अबधिभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायत सबै ब्राण्डका मोबाइल फोनको कारोबार हुनेछ ।

बम्पर उपहारस्वरुप प्रदान गरिने एउटा मोटरसाइकल र एउटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै लक्की ड्रमार्फत छनोट गरी वितरण गरिनेछ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ । 

मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा ताम्रकार कम्प्लेक्सका संचालक प्रदिप रत्न ताम्राकार, पाको युथ क्लबका अध्यक्ष प्रबिनमान श्रेष्ठ, पूर्व अध्यक्ष अमृत मानन्धर, ताम्राकार मोबाइल ब्यापार संघका सचिब गुरुदत्त शर्मा र कोषाध्यक्ष अनिल ढकाल लगायतको उपस्थिति थियो ।