काठमाण्डौं । बैंकिंग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । 

केन्द्रीय बैंकले आज(साउन १ गते) निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको हो।

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ९० दिने निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ।  

बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा बित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बिड गर्न सक्नेछन् । बोलकबोल अनलाइन विडिङ् सिस्टमबाट आज ३ बजेसम्म गर्न सकिनेछ ।

व्याजदर बोलकबोलकै माध्ययबाट निर्धारण हुनेछ । साँवा तथा व्याज भुक्तानी भने असोज २९ गते हुने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।