काठमाण्डौ । सिद्धार्थ  बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आगामी पौष ११ देखि पौष १६ गतेसम्म देशका विभिन्न १० स्थानहरु विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेको बैंकले दाबी गरेको छ ।  यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केही हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले देशभर १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको बताएको छ ।