काठमाण्डौ । दसैँका बेला आफ्ना ग्राहकलाई सेवा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उपत्यका र उपत्यकाबाहिर विभिन्न शाखाहरुबाट प्रदान गर्ने भएको छ ।

बैंकले दसैँको टीकाका दिन असोज २१ गतेबाहेक अन्य दिन विभन्न शाखाबाट सेवा प्रदान गरिने सूचना जारी गरेको छ ।

बैंकद्वारा प्रकाशित सूचनाअनुसार काठमाण्डौ उपत्यकाभित्रका बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाहरु असोज १८, १९, २० र २२ गते खुला रहनेछन् ।

त्यस्तै उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुतलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी र महेन्द्रनगर शाखाहरु खुला रहनेछन् ।

वाणिज्य बैंकका शाखाहरु दसैँका बेला बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् । यी दिनहरुमा नगद जम्मा र चेक भुक्तनी गर्ने काम हुने बैंकले जनाएको छ ।