काठमाण्डौ । दसैँको मुखमा नेपाल बैंक लिमिटेडले सोमबार तेस्रो तहदेखि छैटौँ विभिन्न पदमा ५६२ जना कर्मचारी माग गरेको छ।

बैंकले छैटौँ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा स्नातकोत्तर गर्नुपर्नेछ ।

यसैगरी सहायक प्रबन्धक चार्टर्ड अकाउन्टेन्टमा १० जना कर्मचारी माग गरिएको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सीएम/एसीसीए उत्तीर्ण हुनुपर्ने छ ।

यस्तै चौथो तहअन्तर्गत सहायक (आईटी) पदमा चारजना कर्मचारी माग गरिएको छ । यो पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी न्यूनतम ६ महिना तालिम गरी कम्प्युटर सञ्चालनमा एक वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । 

स्तै बैंकले सहायक पदअन्तर्गत चौथो तहका लागि शाखा कार्यालयहरु रहेका प्रदेश १ मा २५ जना, प्रदेश २ मा ३० जना, प्रदेश ३ मा १६७ जना, गण्डकी प्रदेशमा ५४ जना, प्रदेश ५ मा ३७ जना, कर्णाली प्रदेशमा २८ जना र प्रदेश ७ मा ११ जना कर्मचारी माग गरिएको छ । यसका लागि उम्मेदवारले कम्तीमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने छ ।

यसैगरी तेस्रो तहअन्तर्गत कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदका लागि बैंकले प्रदेश १ मा १२ जना, प्रदेश २ मा १४ जना, प्रदेश ३ मा १५ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना र कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि दरखास्ता आह्वान गरिएको छ । यी पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा व्यवस्थापन विषयमा प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने छ ।

उम्मेदवारले असोज १९ गतेसम्म अनलाइन दरखास्त दिनुपर्नेछ ।

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस्–