काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे। 

शाखाको उद्घाटन समारोहमा प्रमुखअतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुखकीरण धमला, सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लालमटीया शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे पनि बैंकले जनाएको छ ।