काठमाण्डौ । सिभिल बैंकले दाङको लमहीमा शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

सो शाखाको लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले विधिवत उद्घाटन गरेका थिए । 

शाखा उद्घाटन समारोहमा स्थानीय विशिष्ट व्यक्तित्वहरु, सरकारी निकायका उच्चपदस्थ अधिकारी, व्यवसायी, व्यापारी, उद्योगी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । 

सिभिल बैंकको प्रदेश नम्बर ५ का प्रमुख किरण धमला समेत सहभागी सो कार्यक्रमका वक्ताहरुले बैंकिङ सेवा विस्तार गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिएका थिए । 

योसहित सिभिल बैंकको शाखा संख्या ९२ पुगेको छ ।