काठमाण्डौ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका ८ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन्।

एक साता अस्पताल बसाइछि उनीहरु निको भएर घर फर्किएका हुन्। दुई पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि कपिलवस्तुका चार, बाँकेका तीन र दाङका एकजनालाई घर पठाइएको अस्पतालले जनाएको छ। बिरामीहरुलाई अस्पतालमा फूल र खादा लगाएर बिदाई गरी सम्बन्धित स्थानीय तहले एम्बुलेन्समार्फत घर फर्काएका थिए।

बाँके नरैनापुर १ का १८, नरैनापुर ३ का २५ र नरैनापुर ५ का २० वर्षीय पुरुष निको भएर घर फर्किएका छन्। निको हुनेमा कपिलवस्तु कृष्णनगर–२ का २९, कृष्णननगर ११ का २०, गान्धीनगर–३ का ४२ र शिवराज–११ का ३४ वर्षीय पुरुष पनि छन्। यस्तै दाङ गढवा–४ का ३६ वर्षीय पुरुष पनि घर फर्किएका छन्।

आज निको भएर घर फर्किनेहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा अब ३७ जना संक्रमितको उपचार भइरहेको छ।