दाङ । दाङमा माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका व्यवसायी नन्दबहादुर घर्ती मगरको चक्कु प्रहारबाट हत्या भएको छ ।

उनलाई चक्कुप्रहार गरी घाईते अबस्थामा फेला पारिएको थियो । 

घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा घर्ती गम्भीर घाइते अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ जिल्ला प्रहरी प्रमुख  एसपी बेलबहादुर पाण्डेका अनुसार ४५ बर्षीय नन्दबहादुर घर्ती मगरको चक्कु प्रहारबाट घाईते भएको र उनलाई उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताए ।

रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन  गरेका थिए । के कारणले हत्या गरिएको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्याराको खोजी कार्य तीव्र बनाइएको प्रहरीको भनाई छ ।