काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखा कार्यालयहरु सञ्चालमा ल्याएको छ ।

बैंकले पुस २९ गते दार्चुलाको अपि हिमाल गाउँपालिकास्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाउँपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

यसअघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । 

अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । 

नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखारहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट सबै बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा छन् ।