काठमाण्डौ । एनआइसी एशिया बैंकले शुक्रबार थप २ स्थानमा शाखा स्थापनासँगै सेवाको औपचारिक उद्घाटन गरेको छ । 

बैंकले दार्चुलाको महाकाली नगरपालिका वडानम्बर ४ र ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडानम्बर १२ मा शाखा बिस्तारसँगै त्यहाँ स्थापित कार्यालयहरुको औपचारिक उद्घाटन भएको हो । 

महाकाली नगरपालिकाका मेयर हंसराज भट्टबाट दार्चुला शाखाको र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केबाट ओखलढुङ्गा शाखाको समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।