काठमाण्डौ । विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति तथा दिग्गज लगानीकर्ता वारेन बफे(ट)का टिप्स अपनाएर थुप्रै मानिसले लगानी गरे र सफल पनि भए । बफे(ट)का टिप्स लगानीका मामिलामा प्रायः काम आउँछ ।

बफे(ट) को मान्यता छ कि कमाइ बढाउनका लागि सही दिशा र रणनीति आवश्यक हुन्छ । प्रायः मानिस धनाढ्य व्यक्तिलाई गाली गर्ने गर्छन् तर यो कुनै हल होइन । त्यसैले धनाढ्यलाई गाली गर्नुभन्दा कमाइ गर्ने सही दिशा र रणनीति अपनाएर लगानी गर्नतिर लाग्नु नै बुद्धिमत्ता हुन्छ । आम्दानी बढाउनका लागि पनि यही तरिका हो कि सही क्षेत्रमा लगानी गर्नुहोस् र मुनाफा कमाउनुहोस् ।

तथापि बफे(ट)को मान्यता छ कि आफ्नो कमाइको केही हिस्सा ट्याक्सका रुपमा अवश्य बुझाउनुपर्छ । आउनुहोस् बफे(ट)का मुनाफा कमाउने यस्तै ९ टिप्स सिकौँ र भविष्यमा राम्रो आम्दानी गर्न सफल होऔँ । 

१. भ्यालू इन्भेस्टिङ

भ्याल्यू इन्भेस्टिङ स्टक छनोट गर्ने एउटा माध्यम हो । यसको मतल हो कि तपाइँ त्यस्ता कम्पनीका सेयर छनोट गर्नुहोस् जसको आम्दानी, डेबिडेन्ड, बुक भ्याल्यू र क्यासफ्लोलाई ध्यानमा राखेर फन्डामेन्टल निकै मजबुत होस्। जुन अन्डरभ्याल्यू होस् वा मूल्य बढ्ने सम्भावना पनि होस् । 

२. क्वालिटी

क्वालिटी बिजनेसमा ग्रोथ र कम्पाउन्ड क्यासफ्लोको सम्भावना धेरै हुन्छ । त्यहीँ लो क्वालिटी बिजनेस डुब्ने सम्भावना हुन्छ । यस्तोमा मार्केट म्यानेजर्स पनि तपाइँलाई बचाउन सक्ने छैनन् । त्यसैले जहिले पनि त्यस्ता होनहार म्यानेजर्स साथमा राख्न आवश्य हुन्छ, जो उद्देश्य र हित तपाइँसँग मिल्छ । 

डायभर्सिफाई नहुनुहोस्

यस्तो लगानी गर्नुहोस् जुन पूरै जिन्दगीका लागि होस् । जुन तपाइँलाई हमेशा नाफा दिन्छ । त्यस्ता अवसरहरुमा जहिल्यै नजर राख्नुहोस् जुन दुनियाँमा कहीँ पनि पाउन सकिन्छ । अवसर कुनै अनपेक्षित इन्डस्ट्रीमा हुन सक्छ । 

४. सहनशील क्षमता राख्नुहोस्

सामञ्जस्य र सहनशील निकै जरुरी कुरा हो । धेरैजसो लगानीकर्ता आफ्नो दुश्मन आफैँ हुन्छन् । सहनशील गर्ने क्षमताले फाइदा नै हुन्छ । 

५. उतार–चढावले अवसर मिल्छ 

कम्पनीलाई हेरेर लगानीमा धेरै खर्च वा अनुमानभन्दा बढी भुक्तान गर्नु जोखिम हुन सक्छ । भ्याल्यूभन्दा धेरै मूल्यमा उतारचढाव हुन्छ तर मूल्यमा उतारचढाव हुनुले अवसर दिन्छ । 

६. मौका छैन भने लगानी नगर्नुहोस् 

यस्ता घटना कुनै पनि बेला हुन सक्छ । जसको अनुमान पनि नहोस् । यसका लागि सधैँ तयार रहनुपर्छ । तपाइँ लगानीसँग जोडिएका केही गल्ती गर्न सक्नुहुन्छ र यसका बाबजुद पनि सफल हुन सक्नुहुन्छ । सही मौका मिलिरहेको छैन भने नगद आफूसँग राख्नु नै समझदारी हुन्छ । 

७. लगानीभन्दा रिटर्न महत्व बढी 

यसले कुनै मतलब राख्दै न कि तपाइँ पब्लिक कम्पनी, प्राइभेट कम्पनी, डेट, प्रिफेर्ड सेयर वा इक्विटीमध्ये केमा लगानी गरिरहनुभएको छ । लगानीको तरिकारभन्दा त्यसबाट प्राप्त हुने रिटर्नले धेरै महत्व राख्छ । 

८. स्पष्टता आवश्यक

आफ्ना गल्तीहरुलाई पहिचान गर्नु, दृढताका साथ अगाडि बढ्नु र गल्तीहरुबाट सिक्न आवश्यक छ । जस्तै राम्रो राइटिङले तपाइँको सोच राम्रो बनाउन सक्छ । यस्तो सेयरहोल्डर्ससँग पनि हुन्छ । 

९. जुन काम मन पराउनुहुन्छ, त्यही गर्नुहोस्

सर्ट टर्म परफर्मेन्स प्रेसरलाई खतम गर्नका लागि लाइक–माइन्डेड सेयरहोल्डर्सजस्तै लगानी गर्नुहोस् । त्यो काम गर्नुहोस्, जुन तपाइँलाई मन पर्छ । यसले तपाइँलाई पूरै जिन्दगीमा यस्तो कहिल्यै महसुस हुँदैन कि तपाइँले एक दिन पनि काममा खटिनुभएको छ ।