नयाँ दिल्ली (रासस/एएनआई) । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तप उच्च वृद्धि भएको छ । 

नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक तापक्रम वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । 

मौसम विभागले दिएको जानकारी अनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्रि सेल्सियस थियो भने शुक्रबार बिहानको तापक्रम अझ बढेर ३२ डिग्री सेल्सियस पुगेको थियो । 

मार्च महिनाको अन्त्य सम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने अनुमान मौसमविद्हरुले गरेका छन् । उनीहरुले अप्रिलको दोस्रो हप्तासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने बताएका छन् । 

तापक्रम बृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदैगएको छ । दिन प्रतिदिन वायुको गुणस्तर खस्किदै गएको अधिकारीहरूले जनाएका छन् । 

खस्किएको वायुको गुणस्तर र तापक्रमको बृद्धिले बालबालिका र वृद्धवृद्धाहरूलाई बढी असर पर्ने भएकाले ख्याल गर्न विज्ञहरूले आग्रह गरेका छन् ।